2006-02-06 - press release - NHRC२०६२-१०-२४ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20076 अभिलेखालय सि. नं.: NCA-20076

मिति: 2006-02-06
आयोग टोली पुन: पाल्पामा र माओवादीद्वारा कर्मचारी कब्जामा, २०६२ माघ २४

आयोग टोली पुन: पाल्पामा

ललितपुर, माघ २४, २०६२ - राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठक र पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका निमित्त निर्देशक प्रेम थापाको टोली आज पुन: पाल्पा पुगेको छ। सो टोली यही माघ १८ गते पाल्पाको तानसेन आक्रमणपछि ने. क. पा. (माओवादी) ले कब्जामा राखेका प्रमुख जिल्ला अधिकारी लक्ष्मणकुमार थापा लगायत अन्य व्यक्तिहरूको रिहाईका लागि पहल गर्ने क्रममा पुन: आज पाल्पा पुगेको हो।

टोलीले दिएको जानकारी अनुसार ने.क.पा (माओवादी)ले तानसेन आक्रमणको घटनामा कब्जामा लिएर मुक्त गर्न बाँकी रहेकामध्ये प्र.जि. अ. थापा, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा भूमिराज पाण्डे, कर्मचारी टोपबहादुर गाहामगर, सैनिक जवान मेघसिंह महतरा र एक जना प्रहरी जवानलाई आजै मुक्त गरेको छ।

माओवादीद्वारा कर्मचारी कब्जामा

ललितपुर, २४ माघ, २०६२ - सूर्य नेपाल प्राइभेट लिमिटेडमा कार्यरत प्रभाकर शाह, डम्वरमणि लिम्बू र सर्वजीत रानालाई यही माघ २१ गते सिमरास्थित कारखानाबाट वीरगञ्जतर्फ जादैँ गर्दा नितनपुर भन्ने ठाउँबाट ने. क. पा (माओवादी) ले कब्जामा लिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षा भएको छ।

आयोग ने.क.पा (माओवादी) लाई आफनो कब्जामा रहेका व्यक्तिहरूलाई विना शर्त तत्काल मुक्त गर्न आव्हान गर्दछ। ने.क.पा (माओवादी) को केन्द्रीय नेत्तृत्व तहबाट मानव अधिकारप्रति जारी र्सार्वजनिक प्रतिबद्धतालाई ख्याल राखी यस खालका कार्य नदोहोर्‍उन समेत आयोग माओवादीलाई आग्रह गर्दछ।

ध्रुव नेपाल

निमित्त सचिव