2006-01-28 - press release - CPN-M२०६२-१०-१५ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20057 अभिलेखालय सि. नं.: NCA-20057

प्रेस विज्ञप्ति

हाम्रो महान् तथा गौरवशाली पार्टीेकपा-माओवादी)ले देशमा शान्तिपर्ूण्ा राजनैतिक निकासको लागि अत्यन्त जिम्मेवारीवोधका साथ सवै प्रमुख संसदीय सात दलहरुसँग छलफल र सहमतिका साथ १२ बुँदे सहमति गर्न सफल भएको छ।

देशमा सिर्जित गम्भीर समस्याको जड निरंकुश राजतन्त्र हो भन्ने कुरामा आम सहमति भएको छ। त्यसैले निरंकुश राजतन्त्रको अन्त्य र पर्ूण्ा लोकतन्त्रको स्थापना तथा संविधान-सभामार्फ जनतालाई र्सार्वभौम बनाउने विषय नै आजको र्सवसम्मत राजनैतिक निकास बनेको छ।

त्यसैले यस दिशामा अगाडि बढ्न हाम्रो पार्टी सबैको अनुरोधमा एकतर्फी तीन महिने युद्धविराम गरेको र पुनः देशभित्र र बाहिर सवैतिरको अनुरोधमा एक महिने एकतर्फी युद्धविराम लम्बाएको कुरा र्सवविदितै छ। निरंकुश दलाल सामन्ती सत्ताले यसलाई हाम्रो कमजोरी ठानी उल्टै रोल्पा, रुकुमतिर दशौं हजार शाही जल्लादहरुको परिचालन गरेर युद्धविराम भंग गर्न बाध्य बनायो। हाम्रो पार्टी शाही सत्ताको प्रमुख नाका थानकोट र भक्तपुरको दधिकोट पुलिस चौकीमाथि सफल आक्रमण गरी साथै उपत्यकाभरि सेवोटेज गरेर शाही सत्ताको ढाड भाँच्न सफल भएको छ। उसले प्रचार गर्ने गरेको 'माओवादीको ढाड भाँचियो' भन्ने कुराको चोटिलो जवाफ यी फौजी कार्यवाहीहरुले दिएका छन्। यसबाट बहुलाएको शाही सत्ताले सात दलले गर्ने भनिएको जनसभामा प्रतिवन्ध लगाएर, संचार सम्वन्ध विच्छेद गराएर हद् दर्जाको कायरता पर््रदर्शन गरेको छ। शाही सत्ताले एकातिर चुनाव गर्ने ढोंग रच्ने र अर्कोतिर सभा जुलुशमा निषेधाज्ञा जारी गरेर अर्को गाइजात्रा मञ्चन गरिरहेको छ। ज्ञानेन्द्र शाहीले माघ १९ को 'कू'लाई वैधानिकता दिन नगरपालिकाको चुनावको नौटंकी मञ्चन गरिरहेको छ। राष्ट्रिय र अन्तर्रर्ााट्रय रुपमा भ्रम र्छर्ने नियतले मञ्चन गर्न लागेको चुनावी नौटंकी ध्वस्त गर्नु सवै लोकतान्त्रिक शक्तिको कर्तव्य हो। यतिखेर ज्ञानेन्द्रको कथित चुनावमा भाग लिने काम उसको मुठ्ठीभरका भजनमंडलीबाहेक अरुले गर्न सक्दैन। यतिखेर ज्ञानेन्द्रको चुनावी नौटंकीमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा लाग्नु देश र जनताको 'शत्रु' बन्नु हुनेछ।

त्यसैले हामी कथित चुनावमा उम्मेदवार हुने, चुनाव प्रचार-प्रसार गर्ने कार्यबाट टाढा रहन सवैमा अनुरोध गर्दछौं। हाम्रो अनुरोधलाई वेवास्ता गर्ने सबैलाई गम्भीरभन्दा गम्भीर परिणाम भोग्न पनि तयार रहन हाम्रो पार्टीम्भीर चेतावनी दिन चाहन्छ।

साथै ज्ञानेन्द्र शाहीद्वारा मनोनित काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका कथित जिल्ला सभापतिहरुलाई पनि सो पदबाट यही माघ १९ गतेभित्र राजिनामा दिन अपिल गर्दछ। अन्यथा गम्भीर भन्दा गम्भीर परिणाम भोग्न तयार रहन पनि गम्भीर चेतावनी दिन चाहन्छौं।

२०६२ माघ १५ गते

(प्रभाकिरण)
ने.क.पा.(माओवादी)
उपत्यका व्युरो कार्यालयको तर्फाट