2006-01-25 - press release - NHRC२०६२-१०-१२ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20055 अभिलेखालय सि. नं.: NCA-20055

मिति: 2006-01-25
आयोगले आज नर्वेली राजदुत, अनुगमन जारी र बन्दमा मानवअधिकार स्थितिको अनुगमन गरिने, २०६२ माघ १२

नर्वेली राजदुत आयोगमा

ललितपुर, माघ १२, २०६२ - नेपालका लागि नर्वेली राजदूत टोरे टोरेङ्ग आज राष्ट्रिय मानव अधिकार आयोगमा आई आयोगका अध्यक्ष नयनबहादुर खत्री तथा सदस्यहरूसँग भेट गर्नुभयो।

सो भेटमा नेपालमा मावन अधिकारको वर्तमान अवस्था, राजबन्दीहरूको स्थितिका साथै राष्ट्रिय मानव अधिकार आयोगले गरिरहेका कामका बारेमा छलफल भएको थियो।

राजदुत टोरेङ्गगले आयोगले मानव अधिकार संरक्षण र प्रबर्द्धनका क्षेत्रमा गरिरहेको गतिविधिबारे गहिरो चासो राख्नुभयो। आयोग अध्यक्ष खत्रीले राजदुत टोरेङ्गलाई आयोगले मानव अधिकार संरक्षण र सर्म्बर्द्धनका क्षेत्रमा गरिरहेका कामका बारेमा जानकारी दिनुभएको थियो।

राजदुत टोरेङ्गले आयोगले मानव अधिकार संरक्षण र सर्म्बर्द्धनमा गरेको कामको प्रसंशा गदैं सो कार्यलाई जस्तोसुकै अवस्थामा पनि निरन्तरता दिइरहनुपर्ने कुरामा जोड दिनुभयो। छलफलमा राजदुतावासका कन्सुलर किकान हुगेन पनि सहभागी हुनुहुन्थ्यो।

मानव अधिकार स्थितिको अनुगमन जारी

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकसहित अधिकृतहरू सम्मिलित टोलीले आजै वडा प्रहरी कार्यालय कालीमाटीमा गई त्यहाँ थुनामा राखिएका र आमरण अनसनमा बस्नुभएका बन्दीहरूसँग भेटी उहाहरूको स्थितिबारे जानकारी लियो। आयोगले विगत केही दिन यता राजधानीका विभिन्न थुना केन्द्रहरूमा पुगी थुनुवाहरूको मानव अधिकारबारे निरन्तर अनुगमन गरिरहेको छ। आयोगको अनुगमन टोलीको प्रतिवदेन अनुसार प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा राखिनुभएका खुमबहादुर खडका र रमेश के.सी. तथा सशस्त्र प्रहरी गण दुवाकोटमा राखिनुभएका गोपालमान श्रेष्ठ, खेमराज भट्ट मायालु, प्रभुनारायण चौधरी, गोपाल शाक्य र सिद्धिलाल सिंहको स्वास्थ स्थिति कमजोर रहेको छ। यी दुइ थुना केन्द्रहरूमा आयोगका अधिकृत कर्मचारीहरू सम्मिलित टोलीले पछिल्लोपटक हिजो अनुगमन गरेको थियो।

भोलिको नेपाल बन्दमा मानव अधिकार स्थितिको अनुगमन गरिने

आयोगले सात राजनीतिक दलद्वारा भोलिका लागि आव्हान गरिएको नेपाल बन्दमा मानव अधिकार स्थितिको अनुगमन गर्नेछ। आयोगको केन्द्रीय कार्यालयका अतिरिक्त नेपालगञ्ज, विराटनगर, पोखरा र धनगढीस्थित क्षेत्रीय कार्यालयहरूबाट पनि नेपाल बन्दमा मानव अधिकार स्थितिको अनुगमन हुनेछ।

विमलबाबु खत्री

सञ्चार अधिकृत