2006-01-15 - press release - NHRC२०६२-१०-०२ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20041 अभिलेखालय सि. नं.: NCA-20041

मिति: 2006-01-15
आयोगद्वारा थानकोट र दधिकोट घटनाका सम्बन्धमा अनुगमन/ अनुसन्धान शुरू, २०६२ माघ २

ललितपुर, माघ २, २०६२ - राष्ट्रिय मानव अधिकार आयोगले हिजो साँझ काठमाडौंको थानकोट र भक्तपुरको दधिकोटमा भएको घटनामा मानव अधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानून पालना भए वा नभएको सम्बन्धमा अनुगमन/अनुसन्धान शुरू गरेको छ।

त्यसक्रममा आयोगका टोलीहरूले घटनास्थलको अवलोकन गर्नुका साथै उक्त घटनाहरूबारेको तथ्य बुझ्ने सिलसिलामा स्थानीयवासी, प्रत्यक्षदर्शी, सुरक्षाकर्मी र घाइतेहरूसँग भेट गरेको थियो।

अनुगमन टोलीमा आयोगका सदस्यद्वय सुदिप पाठक र गोकुल पोख्रेल सहित अधिकृत कर्मचारीहरू सम्मिलित हुनुहुन्थ्यो।

दधिकोट घटनामा इलाका प्रहरी कार्यालय, दधिकोटमा कार्यरत प्रहरी जवान विक्रम कालीकालाई ने.क.पा (माओवादी) ले कब्जामा लिई गएको पाइएकाले उनको तत्काल विना शर्त रिहाईका लागि आयोग ने.क.पा (माओवादी) लाई आव्हान गर्दछ।

ध्रुव नेपाल

निमित्त सचिव