2006-01-09 - press release - CPN-M२०६२-०९-२५ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20031 अभिलेखालय सि. नं.: NCA-20031

जनमुक्ति सेना, नेपाल
पश्चिम सैन्य कमाण्ड हेडक्वार्टर

प्रेस विज्ञप्ति

शान्तिपर्ूण्ा अग्रगामी राजनैतिक निकासका लागि हाम्रो महान् र गौरवशाली पार्टीेकपा-माओवादी)ले गरेको युद्धविरामलाई बेवास्ता गरेर शाही सत्ताले सैनिक अपरेशन, हत्या, लूटपाट गरेर युद्धविराम भंग गर्न बाध्य पार्‍यो। राजनैतिक दल, नागरिक समाजलगायत सिङ्गो राष्ट्रको तीव्र विरोध हुँदाहुँदै नगर चुनावको घोषणा गरेर मुठभेडको स्थिति सिर्जना गरेपछि बाध्यतावश हाम्रो पार्टी विभिन्न संर्घष्ाको कार्यक्रम र्सार्वजनिक गर्‍यो।

यसै सर्न्दर्भमा युद्धविराम भङ्गसँगै जनमुक्ति सेना, नेपाललाई पार्टीरा आदेश भएबमोजिम एक सातामा पश्चिम सैन्य कमाण्ड हेडक्वार्टरअर्न्तर्गत भएका आक्रमण, उपलब्धि र क्षतिबारे आम जनसमुदायमा र्सार्वजनिक गर्न यो विज्ञप्ति जारी गरिएको छ-

१. पुस १९ गते साँझ पोखरा नगरभित्र, बुटवल नगरपालिका वडा कार्यालय र जिल्ला शिक्षा कार्यालय भैरहवाको भवनमा बम आक्रमण, शिक्षा कार्यालय क्षत्रि्रस्त।

२. पुस २० गते पोखरा बजारमा पार्किङ गरिएको शाही सैनिकको गाडीमा बम विस्फोटन, गाडी ध्वस्त। महेन्द्रनगर कञ्चनपुर बजारमा बम आक्रमण, दर्ुइ प्रहरी घाइते।

३. पुस २१ गते साँझ ५ः४५ बजे दुश्मनको ठूलो घेराभित्र रहेको नेपालगञ्ज राँझा विमानस्थलसमेत सशस्त्र प्रहरीको चेकपोष्टमा छैठौं डिभिजन अर्न्तर्गतको एक टुकडीले गरेको आक्रमणमा तीन सशस्त्र प्रहरीको मृत्यु र आठ घाइते भए। चार थान एसएलआर र एक थान माउजरसहित गोली कब्जा। जनमुक्ति सेनाको एक कमरेड सामान्य घाइते।

४. पुस २२ गते रुपन्देहीको सुनौली भन्सारमा रहेको सशस्त्र प्रहरीको चेकपोष्टमा चौथो डिभिजनको एक टुकडीले आक्रमण गर्दा हवल्दारसहित दर्ुइ प्रहरीको मृत्यु र केही सख्त घाइते भए। उक्त कार्वाहीबाट चार थान एसएलआरसहित गोली कब्जा। हाम्रो तर्फकुनै क्षति नभएको।

५. पुस २४ गते नेपालगञ्ज नगरपालिका भवनमा छैठौं डिभिजनको एक टुकडीले बम आक्रमण गर्दा भवनसहित अन्य भौतिक सामाग्री पर्ूण्ात ध्वस्त। कुनै मानवीय क्षति नभएको।

युद्धविराम भङ्ग भए लगत्तै यसरी शाही सत्तालाई चुनौति दिंदै चमत्कारीपर्ूण्ा आक्रमण गरी पहलकदमी लिन सफल कुशल क्रान्तिकारी योद्धाहरुप्रति हार्दिक धन्यवाद दिंदै अझ सशक्त र व्यापक आक्रमणलाई तीव्र बनाउन हार्दिक आग्रह गर्दछौं। क्रान्तिको यस मोडमा हामी सबै राजनैतिक दलहरुसँगको सहमति र जेनेभा महासन्धीको पर्ूण्ा पालना गर्दै ज्ञानेन्द्र शाहीका विरुद्ध संर्घष्ारत सबै शक्तिहरुको रक्षा गर्दै जनता र पार्टीे आदेश बमोजिम सामन्ती सत्ताको समूल नष्ट गरी गणतन्त्रको स्थापना नभएसम्म लडिरहने प्रतिबद्धता जाहेर गर्दछौं।

२०६२ पोष २५ गते

रमेश कोइराला
प्रवक्ता
पश्चिम सैन्य कमाण्ड हेडक्वार्टर
जनमुक्ति सेना, नेपाल