2006-01-02 - press release - NHRC२०६२-०९-१८ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20023 अभिलेखालय सि. नं.: NCA-20023

मिति: 2006-01-02
आयोगद्वारा वेपत्ता पारिएका भनिएका परिवारका सदस्यहरूसग छलफल, २०६२ पुस १८

ललितपुर, पुस १८, २०६२ - राष्ट्रिय मानव अधिकार आयोगले वेपत्ता पारिएका भनिएका परिवारका सदस्यहरूसँग आज आयोगमा भेट तथा छलफल सम्पन्न गर्‍यो।

सो भेटमा राज्यद्वारा वेपत्ता पारिएका भनी आयोगका परेका उजुरीहरूका सम्बन्धमा आयोगले गरिरहेको कामका बारेमा आयोगका सदस्य तथा अधिकृतहरूले जानकारी गराउनुभएको थियो।

यसक्रममा आयोगले गृह मन्त्रीलाई गत शुक्रबार भेट गरिसेकको र श्री ५ को सरकारका सम्बद्ध अन्य निकायका अधिकारीलाई चाडैं भेट गर्ने जानकारी दिइयो। वेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा आयोगले आफनो प्रक्रिया बमोजिम निरन्तर काम गरिरहेको बारेमा पनि भेटमा जानकारी गराइएको थियो।

सो भेटमा आयोगका सदस्यहरू सुशिला सिंह सिलु र सुदिप पाठक, सम्बद्ध अधिकृत कर्मचारीहरू र राज्यद्वारा वेपत्ता पारिएका भनिएका परिवारका सदस्यहरू सहभागी हुनुहुन्थ्यो।

ध्रुव नेपाल

निमित्त सचिव