2005-12-27 - press release - CPN-M२०६२-०९-१२ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20013 अभिलेखालय सि. नं.: NCA-20013

प्रेस-वक्तव्य

आज बिहान कपुरकोटबाट अपरेशनको लागि रोल्पा प्रवेश गरिरहेको शाही सेनाको तीन सय जनाको एउटा हत्यारो जत्थाविरुद्ध जनमुक्ति सेनाको पाँचौं डिभिजनले सात घण्टे सशक्त प्रतिरोध कार्वाही सम्पन्न गरेको छ। रोल्पाको गैरीगाउँ गाजसको दुम्ला डाँडामा भएको उक्त कार्वाहीमा शाही सेनाका ६ जना मारिएका छन् र २० जना सख्त घाइते भएका छन्। बहादुर जनमुक्ति सेनाको पाँचौं डिभिजनलाई स्थानीय जनताले स्वागत गरेका छन् भने हाम्रो पार्टी डिभिजन कार्यालयद्वारा धन्यवाद दिइएको छ।

कार्वाहीमा दर्ुइ जना जनमुक्ति सेनाहरुले पनि शहादत प्राप्त गर्नुभएको छ। शहादत प्राप्त गर्नुहुने कमरेडहरुप्रति भावपर्ूण्ा श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छौं।

दुश्मनको यो अपरेशनबाट वस्तुतः युद्धविराम भङ्ग गर्न बाध्य गराउने कुरा आम जनता, बुद्धिजीवी, नागरिक समाजलाई अवगत गराउँदै अवको कार्वाही झन् भीषण हुने समेत चेतावनी दिन चाहन्छौं।

२०६२ साल पौष ११ गते

सुदर्शन
डिभिजन कमिसार
पाँचौं डिभिजन
जनमुक्ति सेना, नेपाल

विप्लव
इञ्चार्ज
केन्द्रीय आधार इलाका व्यूरो
नेकपा (माओवादी)