2005-12-23 - press release - NHRC२०६२-०९-०८ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20011 अभिलेखालय सि. नं.: NCA-20011

मिति: 2005-12-23
माओवादीद्वारा धम्की, २०६२/९/८

मानव अधिकारका प्रचलित सिद्धान्त र अन्तर्राष्ट्रिय मानवीय कानुन विपरित ने.क.पा (माओवादी) का कार्यकर्ताले रामेछाप खिम्ती- १ का भोजराज कडरिया, खडानन्द कडरिया र कुमार दाहाललाई २०६२ साल मंसीर २९ गते कारवाही गर्ने धम्की दिएको भनी राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी प्राप्त भएको छ।

त्यसैगरी सिन्धुपाल्चोक जिल्ला जलबिरे- ४ का तिर्थमान श्रेष्ठलाई २०६२ साल साउनमा अपहरण गरेपछि स्थिति अज्ञात राखेको र चितवन जिल्ला भरतपुर नगरपालिका- २ का शालिकराम शर्मालाई जबरजस्ती विस्थापित गरेको उजुरीहरू पनि आयोगमा प्राप्त भएका छन्।

आयोग ने.क.पा (माओवादी) लाई पटक पटक र्सार्वजनिक रूपमा मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनप्रति जारी गरेको प्रतिबद्धता तथा आफूले गरेको युद्धविराम समेतलाई ध्यानमा राखी मानव अधिकार तथा मानवीय कानूनको पूर्ण पालना गर्नका निम्ति अपहरित व्यक्तिको विना शर्त तत्काल रिहाइ तथा बिस्थापितहरूलाई स-सम्मान घर फर्किने वातावरण श्रृजना गर्न आव्हान गर्दछ।

राधाकृष्ण उप्रेती

उप सचिव