2005-12-15 - press release - NHRC२०६२-०८-३० - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20006 अभिलेखालय सि. नं.: NCA-20006

मिति: 2005-12-15
राष्ट्रिय मानव अधिकार आयोगले नगरकोट घटनाको अनुसन्धान शुरू, २०६२/८/३०

राष्ट्रिय मानव अधिकार आयोगले भक्तपुरको नगरकोटस्थित चिहानडाँडामा हिजो राती सुरक्षाकर्मीबाट र्सवसाधारणको हत्या भएको घटनालाई गम्भीर रूपमा लिदैं सो सम्बन्धमा अनुसन्धान शुरू गरेको छ।

अनुसन्धानका सिलसिलामा आज आयोगका अधिकृतहरूको टोली घटनास्थल, भक्तपुर अस्पताल तथा वीरेन्द्र सैनिक अस्पताल छाउनीमा पुगी लाशको अवलोकन गर्नुको साथै घाइतेहरूको अवस्थाको बारेमा जानकारी लिनुका साथै घटनाका प्रत्यक्षदर्शी, पीडितका परिवार, सुरक्षाकर्मी र अन्य सम्बन्धित व्यक्तिहरूसँग समेत भेटी घटनाबारे जाचँबुझ गरेको थियो। घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ।

विमलबाबु खत्री

सञ्चार अधिकृत