2005-12-08 - press release - CPN-M२०६२-०८-२३ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20918 अभिलेखालय सि. नं.: NCA-20918

अखिल नेपाल शिक्षक संगठन
केन्द्रीय समिति
प्रेस विज्ञप्ति

नेपाली स्वाभीमानी र परिवर्तनकामी शिक्षकहरुको महान् तथा गौरवशाली संगठन अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय सचिवालयको विस्तारित बैठक बसी महत्वपूर्ण निर्णयहरु गरेकाले ती निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ।

१– हाम्रो संगठनका केन्द्रीय सचिवालय सदस्य कमरेड खड्क देवकोटाको गत चैत ८ गते सिन्धुली महादेव डाँडामा र पाल्पा जिल्ला संगठन अध्यक्ष रामप्रसाद घिमिरेको बहादुरपुरमा शाही जल्लादहरुले घेरा हाली निर्मम हत्या गरेकोमा त्यसको घोर भत्र्सना गर्दै उहाँहरुलाई संगठनको महान् शहीद घोषणा गर््यो र उहाँहरुलगायत सम्पूर्ण शहीदलहरुको सम्मानमा श्रद्धाञ्जली स्वरुप एक मिनेट मौनधारण गरियो

२– नेपालकै इतिहासमा पहिलो पटक निरंकुश राजतन्त्रका विरुद्ध नेकपा माओवादी र देशका प्रमुख सात संसदवादी दलहरुका बीच १२ बुँदे समझदारी कायम भएको र त्यसले लोकतान्त्रिक गणतन्त्र स्थापना गरी अग्रगामी निकाससहतिको जनताको दिगो शान्तिको चाहनालाई सम्बोधन गर्ने भएको र देशको राजनैतिक समस्यासँगै शैक्षिक समस्याहरुको समाधान गर्न महत्वपूर्ण भूमिका रहने भएकाले यसलाई सहयोग गर्न माथि उल्लेखित कुराहरुलाई मध्यनजर गरी यस अघि घोषणा गरिएका मंसिर २६ देखि ३० गतेसम्मको शैक्षिक हड्ताललाई स्थगन गरी आगामी पुस महिनाभरि प्रचार प्रसार, माघको पहिलो हप्ता वैचारिक गोष्ठी, दोस्रो हप्ता संगठनले राखेका मागहरुसहित अन्तक्र्रिया, तेस्रो हप्ता शिक्षक सभाहरु र माघ २० देखि २८ गतेसम्म राराशस (राजधानी, राजमार्ग, शहर र सदरमुकाम) मा शैक्षिक हड्ताल गर्ने निर्णय गरिएको छ।

३– देशैभरि संगठनको बलियो सञ्जाल निर्माण गर्दै संगठन सुदृढ गर्ने उद्देश्यले ‘शहीद खड्क देवकोटा स्मृत्ति संगठन विस्तार र सृदृढ अभियान’ ठोस उद्देश्य र विधि तय गरी पुस १ गतेदेखि २०६३ जेठसम्मको ६ महिने अभियान लैजाने निर्णय गरियो।

४– कथित नगरपालिकाको चुनावमार्फत थप नरसंहार मच्चाउने, विश्वमा भ्रम सिर्जना गर्दै नयाँ संस्करणमा लागिएको पञ्चायती व्यवस्थालाई स्थायित्व दिने कुटिल चाललाई चकनाचूर पार्न हाम्रो संगठनले सक्रिय बहिष्कार गर्ने र आम शिक्षक तथा जनतालाई पनि बहिष्कारको लागि आव्हान गर्ने निर्णय गरिएको छ।

२०६२ मंसिर २३ गते

गुणराज लोहनी
अध्यक्ष
अखिल नेपाल शिक्षक संगठन
केन्द्रीय समिति