2005-12-02 - press release - NHRC२०६२-०८-१७ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20000 अभिलेखालय सि. नं.: NCA-20000

मिति: 2005-12-02
ने.क.पा (माओवादी )द्वारा थप एक महिना युद्धविराम लम्वयाउने गरेको घोषणा, २०६२/८/१७

ने.क.पा (माओवादी )द्वारा घोषित तीन महिने युद्धविराम अवधिको अन्तिम दिन सो पार्टी अर्को एक महिनासम्म युद्धविराम लम्वयाउने भनी गरेको घोषणालाई राष्ट्रिय मानव अधिकार आयोगले सकारात्मक रूपमा लिएको छ।

मुलुकमा विद्यमान सशस्त्र द्वन्द्वले मानव अधिकारको संरक्षणमा विभिन्न व्यवधानहरू खडा भइरहेको वर्तमान अवस्थामा ने.क.पा. (माओवादी ) बाट गरिएको यो घोषणाले मानव अधिकार संरक्षणमा सघाउ पुग्नुका साथै शान्ति प्रक्रियालाई अघि बढाउन महत्वपूर्ण टेवा पुग्ने आयोगले आशा गरेको छ।

आयोग यस अवसरलाई उपयोग गदैं संवाद र सहमतिका आधारमा द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न सम्बन्धित सबै पक्षमा आग्रह गर्दछ।

ध्रुव नेपाल

निमित्त सचिव