2005-12-02 - press release - NHRC२०६२-०८-१७ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-19999 अभिलेखालय सि. नं.: NCA-19999

मिति: 2005-12-02
आयोगले एमालेद्वारा काठमाडौंमा आयोजित जनप्रर्दशनको अनुगमन, २०६२ मङसिर १७

ललितपुर, मङसिर १७, २०६२ - राष्ट्रिय मानव अधिकार आयोगले आज ने.क.पा (एमाले ) उपत्यका समन्वय कमिटीद्वारा काठमाडौंमा आयोजित जनप्रर्दशनको अनुगमन गर्‍यो।

सो जनप्रर्दशन नेपाल अधिराज्यको संविधान २०४७ तथा नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय मानव अधिकार सन्धि सम्झौताले प्रत्याभूत गरेबमोजिमका अधिकार उपभोग गर्दै शान्तिपूर्ण रूपमा सम्पन्न भएको पाइयो।

आयोगका सदस्य सुदिप पाठकको नेत्तृत्वमा आयोगका अधिकृत कर्मचारीहरू सम्मिलित तीन टोलीले सो प्रर्दशन तथा जनसभामा मानव अधिकारको स्थितिबारे अनुगमन गरेका थिए। आयोगका अनुगमन टोलीहरूबाट नयाँ वानेश्वर, विजुलीबजार, अनामनगर, पुतलीसडक, कमलपोखरी, नक्शाल, ज्ञानेश्वर, मैतीदेवी, डिल्लीबजार, पुरानो वानेश्वर, गौशाला, चावहिल, महाराजगञ्ज, चक्रपथ, कलङ्की, स्वयम्भू, ताहाचल, कोटेश्वर, बालाजु, कालीमाटी, टेकु, नागढुङ्गा, थानकोट, चापागाउँ, सातदोबाटो, मङ्गलबजार लगायत उपत्यकाका विभिन्न स्थानमा उपस्थित भई उक्त प्रर्दशनको अनुगमन गरेको थियो।

विमलबाबु खत्री

सञ्चार अधिकृत