2005-11-22 - press release - NHRC२०६२-०८-०७ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-19995 अभिलेखालय सि. नं.: NCA-19995

मिति: 2005-11-22
मानव अधिकार उल्लंघनका घटनाहरुमा कमी, २०६२/०८/०७

२०६२ भाद्र १८ देखि ३ महिनाको लागि नेकपा (माओवादी) द्वारा घोषणा गरिएको युद्धविरामको अवधिमा मानव अधिकारको स्थितिको बारेमा राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरिरहेको छ। यो अवधिमा मानव अधिकारको उल्लंघनका केही घटनाहरु भएको पाइए तापनि समग्र रुपमा मानव अधिकार उल्लंघनका घटनाहरुमा कमी आएको देखिएको छ र नेपाली जनताले शान्ति र राहतको महसुस गरेका छन्। अतः सम्पूर्ण नेपाली जनताको दीर्घकालीन शान्तिको चाहनालाई सम्मान गर्दै युद्धविरामलाई निरन्तरता दिन आयोग नेकपा (माओवादी) लाई आग्रह गर्दछ।

साथै, यो मौकालाई त्यसै खेर जान नदिई दीर्घकालीन शान्तिको वातावरण तयार गर्न

आ-आफ्नो तर्फाट योगदान गर्न सम्बन्धित पक्षलाई आयोग आहृवान गर्दछ।

केदारप्रसाद पौड्याल

का.मु. सचिव