2005-11-11 - press release - NHRC२०६२-०७-२५ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-19991 अभिलेखालय सि. नं.: NCA-19991

मिति: 2005-11-11
ने.क.पा. (माओवादी) बाट धम्की तथा अपहरण जारी, २०६२/०७/२५

ललितपुर, कार्तिक २५। राष्ट्रिय मानव अधिकार आयोगमा ने.क.पा. (माओवादी) ले विभिन्न व्यक्तिलाई मानव अधिकारका प्रचलित सिद्धान्त र अन्तर्राष्ट्रय मानवीय कानुन विपरित धम्की दिएको र अपहरण गरेको सम्बन्धमा उजुरीहरू प्राप्त भएका छन्।

दोलखा जिल्ला काब्रे गाविस वडा नं. ६ बगरस्थित श्री जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पदाधिकारी तथा सदस्यहरू यज्ञराज ढुंगेल, ताराप्रसाद पन्त, भीमप्रसाद दाहाल, पुष्करकुमार दाहाल, प्रेमकुमारी चौंलागाई, पुष्प भट्र्राई, रघुनाथ दाहाल, रुद्रप्रसाद दाहाल, पर्शुराम चौलागाइँ, टीकाप्रसाद दाहाल, कुमार चौलागाईँ र जीवन दाहाल समेत १२ जनालाई विभिन्न आरोप लगाई नेकपा माओवादी कालिञ्चोक इलाका जनसरकार प्रमुखको नाममा यही कार्तिक ९ गतेको मिति राखी ३० दिनभित्र उपस्थित हुन पत्र काटेको र उपस्थित नभए कारवाही हुनेछ भनी संस्था समेत बन्द गर्ने धम्की दिएकोले मानव अधिकारको रक्षा गरी पाउँ भन्ने आयोगमा उजुरी प्राप्त भएको छ। साथै सोही गा.वि.स.को श्री हनुमन्तेश्वर उच्च मा.वि.को विद्यालय व्यवस्थापन समितिलाई समेत कुनै कार्य नगर्न नेकपा माओवादीले धम्कीपूर्ण पत्र काटेको भनी आयोगमा उजुरी परेको छ।

यसैगरी आयोगमा यो साता मात्र ने.क.पा. (माओवादी) ले रामेछाप जिल्ला सैपु गाविस वडा नं. ८ बस्ने जनहित मञ्चका अध्यक्ष गणेश पौडेल लगायत ध्रुव पौडेल, बिष्णुकुमार पौडेल तथा ओखलढुङ्गा जिल्ला गामनाङ्टार बस्ने अमरबहादुर थापा समेतलाई २०६२ साल कार्तिक १२ गते अपहरण गरेर कुटपिट गर्नुको साथै कार्तिक १३ गते मुक्त गर्ने अवस्थामा धम्कीको शैलीमा 'युद्धको रफ्तारमा भेटौँला' भनेको हुँदा जीवनरक्षा गरी पाउँ भनी आयोगमा उजुरी पर्न आएको छ।

आयोग नेकपा माओवादीलाई यस प्रकारका कार्यहरू तत्काल बन्द गर्न, व्यक्तिको स्वतन्त्रतापर्ूवक जीवनयापन र व्यवसाय गर्न पाउने अधिकारको सम्मान गर्न, शैक्षिक संस्थाहरूको पठनपाठनमा अवरोध आउने कुनै प्रकारका कार्यहरू नगर्न तथा घोषित युद्धविराम र मानवीय कानुनको पालना गर्न आव्हान र्

गर्दछ।

साथै २०६२ साल असोज १८ गते मकवानपुर जिल्लाको डाँडाखर्कबाट बारा जिल्ला निजगढ गाविस वडा नं. २ घर भई शाही नेपाली सेनामा कार्यरत प्यूठ नवराज अधिकारी र सुर्खेत जिल्ला लाटीकोइली गाविस वडा नं. ७ घर भएका सिपाही अमर शाहलाई कब्जामा लिएकोमा हालसम्म पनि मुक्त नगरेकोले विना शर्त सकुशल मुक्त गर्नका लागि समेत आयोग ने.क.पा. (माओवादी) लाई पुनः आहृवान गर्दछ।

यसैगरी महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित अस्पताल पोखरीमा छठ पर्व मनाइरहेका र्सवसाधारणलाई कार्तिक २१ गते सोमबार राति शाही नेपाली सेनाका जवानहरुले निर्मम कुटपिट गरेको र कुटाइबाट रिक्सा चालक वीरेन्द्र मण्डल घाइते भएको तथा रौतहट जिल्लाको झुनखुन्वा, बडहर्वा र सरुअठाका ४१ घरमा कार्तिक २२ गते मंगलबार रातको समयमा भएको लुटपाटका घटनामा प्रहरीको संलग्नता रहेको भन्ने सम्बन्धी पत्रपत्रिकामा प्रकाशित समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षा भई स्वविवेकमा उजुरी ग्रहण गरी आयोगबाट घटनाको अनुसन्धान र छानविन प्रक्रिया अगाडि बढिसकेको छ।

राधाकृष्ण उप्रेती

उप–सचिव