Archive ref no: NCA-19987 अभिलेखालय सि. नं.: NCA-19987
आत्मर्समर्पण
बिगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका निम्न व्यक्तिहरुले आतंककारीहरुले सञ्चालन गरिरहेको हत्या, हिँसा, अपहरण, बलात्कार, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्य एवं आतंककारी गुट भित्र बढ्दै गएको आन्तरिक कलह र मनमुटावबाट आफूहरुमा बितृष्णा पैदा भएको कारण आतंककारी समूह परित्याग गरी स्वतन्त्रपूवक जीवनयापन गर्ने प्रतिबद्धताकासाथ आत्मर्समर्पण गरेका छन् ।
- मिति २०६२ कार्तिक २० गते ताप्लेजुङ्ग जिल्लाको लिङखिम इलाका निवासी आतंककारी समूहका कथित बटालियन सेक्सन कमाण्डर कालीबहादुर लिम्बु "किरण" उपनाम गरेका व्यक्तिले पेस्तोल, हृयाण्ड गृनेड, डेटोनेटर, विभिन्न हतियारका गोली तथा विष्फोटक पदार्थहरु सहित सुरक्षाफौज समक्ष ।
- यही कार्तिक २३ गते गोरखा जिल्लाको देउलाकोट इलाका निवासी नरेशबहादुर खड्का "दिलीप" उपनाम गरेका व्यक्तिले सकेट बम तथा कम्ब्याट ड्रेसहरु सहित सुरक्षाफौज समक्ष ।
- यही कार्तिक २२ गते जाजरकोट जिल्लाको खलंगा इलाका निवासी आतंककारी समूहका कथित प्लाटुन कमाण्डर भिमबहादुर खत्री "बिकराल" र कमला खत्रीले सुरक्षाफौज समक्ष ।
- यही कार्तिक २१ गते मुगु जिल्ला खमाले इलाका निवासी कथित एरिया कमिटि मेम्बर बृखबहादुर बुढाले सकेट बम-३, जुम्ला जिल्ला कालिकाखेतु इलाका निवासी पूण शाही "समिक्ष", गोगनबहादुर शाही "संकल्प" र डिल्ली कठायत "साइनो" उपनाम गरेका व्यक्तिहरुले स्थानीय प्रशासन समक्ष ।
RNA HQ
10 November 2005