2005-11-10 - press release - NA२०६२-०७-२४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19983 अभिलेखालय सि. नं.: NCA-19983

भूकम्पबाट प्रभावित व्यक्तिहरुलाई शाही नेपाली सेनाद्वारा राहत उपलव्ध

मिति २०६२ आश्विन २३ गते मित्रराष्ट्र पाकिस्तानमा आएको ७.६ रेक्टर स्केलको आम विनाशकारी भूकम्पबाट प्रभावित व्यक्तिहरुलाई राहत उपलव्ध गराउने उद्देश्यले शाही नेपाली सेनाको नेतृत्वमा शाही नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को तर्फबाट करिब ७ टन बरावरका विभिन्न राहत सामग्रीहरु मिति २०६२ कार्तिक १९ र २१ गते पाकिस्तानतर्फ पर्ठाईएको छ ।

साथै सो आम विनाशकारी भूकम्पबाट प्रभावित व्यक्तिहरुका लागि करिब ६ टन बरावरका थप राहत सामग्रीहरु आगामी हप्ता पुनः पाकिस्तानतर्फ पठाउने शाही नेपाली सेनाको योजना रहेको छ ।

RNA HQ
10 November 2005