2005-11-09 - press release - NA२०६२-०७-२३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19980 अभिलेखालय सि. नं.: NCA-19980

सुरक्षाफौजको कारवाहीमा ३ आतंककारीको मृत्यु

मिति २०६२ कार्तिक २२ गते रसुवा जिल्लाको भोर्ले इलाकामा गस्तिमा रहेको सुरक्षाफौजलाई लक्षित गरी फायर गर्ने आतंककारीहरु विरुद्ध सुरक्षाफौजले गरेको प्रतिकारात्मक कारवाहीबाट ३ जना आतंककारीको मृत्यु भएको छ । मृतक आतंककारीहरुको साथबाट सुरक्षाफौजले पेस्तोल नाल-२, सो को गोलीहरु, सकेट बमहरु, कर्डलेस सेट तथा आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

RNA HQ
09 November 2005