2005-11-08 - press release - NA२०६२-०७-२२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19975 अभिलेखालय सि. नं.: NCA-19975

सुरक्षाफौजको कारवाहीमा १ आतंककारीको मृत्यु

मिति २०६२ कार्तिक २१ गते जाजरकोट जिल्लाको पुन्मा इलाकाका र्सवसाधारण व्यक्तिहरुलाई विभिन्न डर त्राश देखाई बलजस्ती रकम असुल्दै गरेका आतंककारीहरुलाई सुरक्षाफौजले नियन्त्रणमा लिन खोज्दासुरक्षाफौज माथि नै एक्कासी सकेट बम प्रहार गरेको हुँदा सुरक्षाफौजले प्रतिकारात्मक कारवाही गर्दा टेकबहादुर शाही "चट्याङ्ग" उपनाम गरेका १ आतंककारीको घटनास्थलमा नै मृत्यु भएको छ । मृतक आतंककारीको साथबाट सुरक्षाफौजले सकेट बमहरु, डेटोनेटर, नगद ४ हजार रुपैयाँ, रकम अशुल गर्ने रसिद तथा आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

RNA HQ
08 November 2005