2005-11-08 - press release - NA२०६२-०७-२२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19974 अभिलेखालय सि. नं.: NCA-19974

श्री ५ बडामहारानी सरकारबाट साँस्कृतिक कार्यक्रम नजर

श्री ५ बडामहारानी कोमलराज्य लक्ष्मी देवी शाह सरकार, आज मिति २०६२ कार्तिक २२ गते अपरान्ह सैनिक अधिकृत श्रीमती संघ (शाही नेपाली सेना) द्वारा संघको २२ आँ बाषिर्क उत्सव तथा स्वर्गिय श्री ५ ऐर्श्वर्य जयन्तीको अवसरमा शाही नेपाली जंगी अड्डामा आयोजित समारोहमा सवारी होइबक्स्यो ।

मौसूफ सरकारबाट उक्त अवसरमा सैनिक अधिकृत श्रीमती संघद्वारा आयोजना गरिएका विविध साँस्कृतिक कार्यक्रम नजर गरिबक्सनुका साथै सैनिक परिवारहरुद्वारा आजबाटै शुरु गरिएको ५ दिने मेला प्रदर्शनीको समुद्घाटन एवं निरीक्षण गरिबक्स्यो ।

सो समारोहमा, मौसूफ सरकारका जुनाफमा संघका अध्यक्ष श्रीमती कमला थापाले संघद्वारा गरिएका कल्याणकारी कार्यहरुका बारेमा जानकारी टक्रयाउनु भएको थियो । उक्त कार्यक्रममा सैनिक अधिकृत श्रीमती संघका सम्पुण सदस्यहरुको उपस्थिती रहेको थियो ।

RNA HQ
08 November 2005