Archive ref no: NCA-19959 अभिलेखालय सि. नं.: NCA-19959
आतंककारीले गरेका थप ज्यादतिहरु
यसै गरी निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।
- मिति २०६२ कार्तिक १५ गते शंकाष्पद आतंककारीहरुको एक समूहले मकवानपुर जिल्लाको कमाने इलाका निवासी शिवहरी कार्की नाम गरेका व्यक्तिलाई निजको मट्टतिेलको ट्याङ्कर सहित अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।
- यसै गरी मिति २०६२ कार्तिक १३ गते दिपायल-धनगढी सडक निर्माण कार्यमा प्रयोग गर्नको लागि धनगढीबाट ल्याउँदै गरेको २ वटा डिजेल ट्याङ्करलाई कैलाली जिल्लाको सहजपुर इलाकाबाट आतंककारीहरुले ड्राइभर सहित अपहरण गरी अज्ञातस्थल तर्फ लगेका छन् ।
RNA HQ
02 November 2005