2005-11-01 - press release - NA२०६२-०७-१५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19953 अभिलेखालय सि. नं.: NCA-19953

शान्ति सेना टोली स्वदेश फिर्ता

संयुक्त राष्ट्र संघको आव्हानमा मध्य अफि्रकी राष्ट्र कंगो (MONUC Mission) मा शान्ति स्थापनार्थ खट्टिएको श्री नं. ४ फिल्ड गुल्म (शा.से.) चौथो डफ्फाको टोली तथा बुरुण्डीमा खट्टिएको श्री स्पेशल फोर्स कम्पनी (शा.से.) दोश्रो डफ्फाको टोली आफ्नो कार्यकाल पुरा गरी आज कार्तिक १५ गते स्वदेश फिर्ता भएको छ । उक्त टोलीलाई गौचरस्थित व्यारेकमा आयोजित एक समारोहका बीच कार्यरथी उपरथी श्री प्रदिप प्रताप बम मल्लले स्वागत गर्नु भयो ।

सह-सेनानी श्री रामचन्द्र कस्पालको नेतृत्वमा कंगोबाट फर्किएको टोलीमा अधिकृत-८, पदिक-२१ र अन्य दर्जा १२८ गरी जम्मा १५७ जना तथा सह-सेनानी श्री डम्बर बहादुर आले मगरको नेतृत्वमा बुरुण्डीबाट फर्किएको टोलीमा अधिकृत-४, पदिक-१३ र अन्य दर्जा-५३ गरी जम्मा ७० जना सैनिकहरु सम्मिलीत रहेका छन् ।

उक्त स्वागत समारोहमा शाही नेपाली सेनाका अन्य रथीबृन्द, अधिकृतहरु तथा स्वेदश फिर्ता भई आएका सैनिकका परिवारजनहरुको समेत उपस्थिति रहेको थियो ।

RNA HQ
01 November 2005