2005-10-31 - press release - NA२०६२-०७-१४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19945 अभिलेखालय सि. नं.: NCA-19945

बरामद

हिजो मिति २०६२ कार्तिक १३ गते सुरक्षाफौजले सञ्चालन गरेको खोज तलासको कारवाहीको क्रममा लप्जुङ्ग जिल्लाको तल्लो र माथिल्लो पाचोक इलाकामा आतंककारीहरुले र्सवसाधारण व्यक्तिहरुबाट लुटपाट गरी संकलन गरी राखेको चामल, दाल लगायतका खाद्य पदार्थहरु बरामद गरेको छ ।

यसै गरी यही कार्तिक १२ गते सिन्धुली जिल्लाको फिक्कलडाँडा इलाकामा आतंककारीहरुले लुकाई राखेको सकेट बमहरु, कर्डलेस सेट-१०, बिद्युतीय धराप सञ्चालन गर्न प्रयोग हुने विविध उपकरणहरु, बन्दोवस्तीका सामानहरु तथा आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

RNA HQ
31 October 2005