2005-10-21 - press release - NA२०६२-०७-०४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19911 अभिलेखालय सि. नं.: NCA-19911

सिष्टाचार भेटघाट कार्यक्रम सम्पन्न

चीन भ्रमणमा रहनु भएका सम्माननीय प्रधान सेनापति महारथी श्री प्यारजंग थापाले आज मिति २०६२ कार्तिक ४ गतेको विहान चाइनिज पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्स का अध्यक्ष महामहिम श्री जिया क्विइङ्गलिङ सँग सिष्टाचार भेट गर्नु भयो । सो भेटका अवसरमा द्धिपक्षिय हित तथा आपसी सहयोग र समझदारीका विषयमा छलफल भएको थियो ।

सम्माननीय प्रधान सेनापति ज्यूले आजै दिउँसो चीनका केन्द्रिय सैनिक आयोगका उपाध्यक्ष तथा स्टेट काउन्सिल र रक्षामन्त्री ज्यूसँग समेत सिष्टाचार भेट गर्नु भएको थियो ।

साथै प्रधान सेनापति ज्यूले आजै चीनियाँ जनमुक्ति सेनाका चिफ अफ जनरल स्टाफसँग समेत सिष्टाचार भेट गर्नु भएको तथा सो अवसरमा चीनियाँ जनमुक्ति सेना तथा शाही नेपाली सेना बीच आपसी सहयोग आदन प्रदान गर्ने विषयमा छलफल भएको थियो ।

स्मरण रहोस, श्री सम्माननीय प्रधान सेनापति महारथी श्री प्यारजंग थापा मित्रराष्ट्र चीनको चीनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा मिति २०६२ कार्तिक १ गते औपचारिक भ्रमणको सिलसिलामा त्यसतर्फप्रस्थान गर्नु भएको थियो ।

RNA HQ
21 October 2005