2005-10-21 - press release - NA२०६२-०७-०४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19910 अभिलेखालय सि. नं.: NCA-19910

आत्मर्समर्पण

बिगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका निम्न व्यक्तिहरुले आतंककारीहरुले सञ्चालन गरिरहेको हत्या, हिँसा, अपहरण, बलात्कार, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्य एवं आतंककारी गुट भित्र बढ्दै गएको आन्तरिक कलह र मनमुटावबाट आफूहरुमा बितृष्णा पैदा भएको कारण आतंककारी समूह परित्याग गरी स्वतन्त्रपूवक जीवनयापन गर्ने प्रतिबद्धताकासाथ आत्मर्समर्पण गरेका छन् ।

पर्सा जिल्लाको बिभिन्न इलाका निवासी कथित एरिया कमिटी सदस्यहरु सुरेश हजारी पासवन र विजय राम तथा आतंककारी कार्यकर्ता रामजिवन राउत, शक्तिप्रसाद पट्टेल, विकाउ ठाकुर, शिवनन्दप्रसाद कुर्मी, मोतिलाल पासवान, नन्दलाल दासतत्व र सुरेन्द्र राउत समेत गरी जम्मा ९ जना व्यक्तिहरुले यही कार्तिक २ गते सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

गुल्मी जिल्लाको पौदी अमर्राई इलाका निवासी लक्ष्मण आचार्यले यही कार्तिक २ गते स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

धादिङ्ग जिल्लाको जोगिमारा इलाका निवासी मुक्तिप्रसाद घिमिरेले यही कार्तिक १ गते सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
21 October 2005