2005-10-20 - press release - NA२०६२-०७-०३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19905 अभिलेखालय सि. नं.: NCA-19905

बरामद

आज कार्तिक ३ गते सुरक्षाफौजको नियमित गस्तिले ताप्लेजुङ्ग जिल्लाको सिनाम इलाकामा खोजतलासको कारवाही गर्दा प्रेशर कुकर थान-६३, डेटोनेटर गोटा-३२१, जिलेटिनहरु, सकेट बमहरु, विद्युतिय धराप सञ्चालनमा प्रयोग हुने उपकरणहरु, कम्प्युटर सेट-१, विभिन्न बन्दोवस्तीका सामानहरु तथा आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

बिगतमा आतंककारीहरुले लुटेर लगेको एउटा यात्रुबाहक बसलाई यही कार्तिक १ गते सुरक्षाफौजले झापा जिल्लाको केरावारी इलाकाबाट बरामद गरी स्थानीय प्रहरीलाई बुझाएको छ ।

RNA HQ
20 October 2005