2005-10-20 - press release - NA२०६२-०७-०३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19903 अभिलेखालय सि. नं.: NCA-19903

आत्मर्समर्पण

आतंककारीहरुले सञ्चालन गरिरहेको हत्या, हिँसा, अपहरण, बलात्कार, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्य एवं आतंककारी गुट भित्र बढ्दै गएको आन्तरिक कलह र मनमुटावबाट बितृष्णा पैदा भई दाङ्ग जिल्ला घर भएका टोप बहादुर वि.क.नाम गरेका व्यक्तिले पेस्तोल नाल-१, सो को गोली र आतंककारी दस्तावेज सहित तथा बाँके जिल्ला निवासी आतंककारी समूहका कथित एरिया कमिटी मेम्बर मुन बहादुर महत नाम गरेका व्यक्तिले हिजो मिति २०६२ कार्तिक २ गते सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

यसै गरी आतंककारीहरुले जवरजस्ती आतंककारी गतिविधिमा संलग्न गराएका गुल्मी जिल्लाको पौदी अमर्राई इलाका निवासी कथित गा.ज.स., वडा प्रमुख, मिलिसिया सदस्य, महिला संगठनका सदस्य, किसान संगठनका सदस्य लगायतका ६८ जना व्यक्तिहरुले आतंककारी क्रियाकलापमा संलग्न नहुने प्रतिबद्धता व्यक्त गर्दै सामान्य नागरिक सरह जीवन यापन गर्न पाउँ भनि मिति २०६२ आश्विन १९ गते सामुहिकरुपमा स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
20 October 2005