2005-10-18 - press release - NA२०६२-०७-०१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19880 अभिलेखालय सि. नं.: NCA-19880

आत्मर्समर्पण

बिगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका निम्न व्यक्तिहरुले आतंककारीहरुले सञ्चालन गरिरहेको हत्या, हिँसा, अपहरण, बलात्कार, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्य एवं आतंककारी गुट भित्र बढ्दै गएको आन्तरिक कलह र मनमुटावबाट आफूहरुमा बितृष्णा पैदा भएको कारण आतंककारी समूह परित्याग सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

यहि मिति २०६२ आश्विन ३० गते गुल्मी जिल्लाको पौदी अमर्राई इलाका निवासी हेम प्रसाद वि.क. "पहाड", सुनिता सुनार "विपना", मन बहादुर वि.क."सनिकान्छा", खिम बहादुर बि.क."मिलन", मोहना सुनार "सिस्ना", गंगा बि.क."कोपिला", बिष्णु बि.क."आन्दोलन", तारादेवी गौतम तथा टोप बहादुर के.सी. गरी जम्मा ९ जना व्यक्तिहरुले ।

मिति २०६२ आश्विन २९ गते ओखलढुंगा जिल्लाको गाम्ताङ्ग इलाका निवासी आतंककारी समूहका कथित कम्पनी सहायक कमाण्डर टिका बहादुर खत्री "महेश" ।

RNA HQ
18 October 2005