2005-10-18 - press release - NA२०६२-०७-०१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19878 अभिलेखालय सि. नं.: NCA-19878

सुरक्षाफौजको कारवाहीमा १ आतंककारीको मृत्यु

आज मिति २०६२ कार्तिक १ गते ताप्लेजुङ्ग जिल्लाको खाल्टे इलाकामा नियमित गस्तिमा रहेको सुरक्षाफौज तथा शसस्त्र आतंककारीहरु बीच मुठभेढ हुँदा सुरक्षाफौजको कारवाहीबाट आतंककारी समूहका कथित एरिया कमिटी मेम्बर बिष्णु मनाङ्गोको मृत्यु भएको छ । घटनास्थलबाट सुरक्षाफौजले पेस्तोल नाल-१, प्रेशर कुकर बम-५, सकेट बम तथा हतियारका गोलीहरु बरामद गरेको छ ।

RNA HQ
18 October 2005