2005-10-16 - press release - NA२०६२-०६-३० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19872 अभिलेखालय सि. नं.: NCA-19872

आत्मर्समर्पण

बिगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका निम्न व्यक्तिहरुले आतंककारीहरुले सञ्चालन गरिरहेको हत्या, हिँसा, अपहरण, बलात्कार, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्य एवं आतंककारी गुट भित्र बढ्दै गएको आन्तरिक कलह र मनमुटावबाट आफूहरुमा बितृष्णा पैदा भएको कारण आतंककारी समूह परित्याग गरी स्वतन्त्रपूवक जीवनयापन गर्ने प्रतिबद्धताकासाथ सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

रौतहट जिल्लाको रंगपुर इलाका निवासी आतंककारी समूहका कथित म्ऋः राज अधिकारीले यही आश्विन २९ गते ।

संखुवासभा जिल्लाको सिसुवा इलाका निवासी रविकुमार र्राईले पेस्तोल नाल-१ तथा थ्रि नट थ्रि को गोलीहरु सहित यही आश्विन २८ गते ।

दैलेख जिल्लाको लाँकुरी इलाका निवासी आतंककारी समूहका कथित कम्पनी कमाण्डर यमबहादुर बिष्ट "अभियान" उपनाम गरेका व्यक्तिले यही आश्विन २८ गते ।

मुगु जिल्लाको कोटडाँडा इलाका निवासी मानबहादुर कार्की, रतनबहादुर कार्की, निरन्जन कार्की र जौकला शाही नाम गरेका व्यक्तिहरुले यही आश्विन २८ गते ।

RNA HQ
16 October 2005