2005-10-13 - press release - NA२०६२-०६-२७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19868 अभिलेखालय सि. नं.: NCA-19868

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।

शंकास्पद आतंककारीहरुको एक समूहले हिजो आश्विन २६ गते शाही नेपाली सेनामा कार्यरत १ जनालाई पर्वत जिल्लाको तिलहरा इलाकास्थित घर गएको अवस्थामा धारीलो हतियार प्रहार गरी सख्त घाइते बनाएका छन् । हाल निजको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ ।

आतंककारीहरुको एक समूहले हिजो आश्विन २६ गते सिरहा जिल्लाको मिर्चैया इलाका निवासी १ जना र्सवसाधारण व्यक्तिलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

ज्यादति गर्ने क्रममा आतंककारीहरुले यही आश्विन २५ गते पाल्पा जिल्लाको चिदिपानीस्थित सिदार्थ राजमार्ग अन्तरगत पर्ने जुकेगाउँ इलाकाबाट तथा यही आश्विन २४ गते सोही जिल्लाको आगाखोला इलाकाबाट विभिन्न गाडीहरुका ड्राईभर एवं यात्रुहरुलाई विभिन्न डर धम्की देखाई जर्वजस्ती रकम अशुलेका छन् ।

आतंककारीहरुको एक समूहले यही आश्विन २४ गते रोल्पा जिल्लाको थवाङ्ग इलाका निवासी १ जना र्सवसाधारण व्यक्तिलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

आतंककारीहरुले यही आश्विन २४ गते काठमाण्डौंबाट खिम्तीतर्फजाँदै गरेको बसलाई सिन्धुपाल्चोक जिल्लाको अरनिको राजमार्ग अन्तरगत पर्ने १२ किलो भन्ने स्थानमा रोकेर सो बसमा यात्रा गरिरहेका निःशस्त्र अवस्थामा रहेका शाही नेपाली सेनाका १ जवान र नेपाल प्रहरीका २ जवानलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

धादिङ्ग जिल्लास्थित सामाजिक जागरण तथा विकास मञ्च नामक गैर सरकारी संस्थाको सक्रियतामा यही आश्विन १५ र १६ गते सोही जिल्लाको सेमजोङ्ग इलाकामा र्सवसाधारणहरुको हितको लागि सञ्चालन गरिने भनिएको २ दिने स्वास्थ्य शिविरको लागि लगिएको औषधि तथा स्वास्थ्य उपकरणहरु आतंककारीहरुले लुटेर लगेको कारण उक्त स्वास्थ्य शिविर सञ्चालन हुन सकेन ।

RNA HQ
13 October 2005