2005-10-09 - press release - NHRC२०६२-०६-२३ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-19859 अभिलेखालय सि. नं.: NCA-19859

मिति: 2005-10-09
आयोगको पहलमा बेलायती नागरिकको उद्धार, २०६२/०६/२३

Equator Tracking Pvt. Ltd. काठमाडौको संयोजकत्वमा बेलायती समूहका २० जना पर्यटक तथा १५ जना ट्रेकिङ्ग स्टाफ र ३० जना भरियासहितका टोलीहरु ट्रेकिङ्गको सिलसिलामा मिति २०६२/०६/१८ गते काठमाडौबाट रामेछापतिर गएकोमा दुइजना महिला पदयात्री गंभीररूपमा विरामी भई रामेछाप जिल्लाको भण्डारा देउराली, सानोबजार भन्ने स्थानमा अलपत्र परेको भन्ने व्यहोरा उक्त टे्रकिङ्ग एजेन्सीले काठमाडौस्थित बेलायती राजदूतावासलाई अनुरोध गरेको र उक्त दूतावास लगायत शाही नेपाली जङ्गी अड्डा र Equator Expeditions, गोंगवूसमेतले आयोगलाई उद्धारको पहल गरिदिन अनुरोध गरेका थिए।

विरामीको गंभीर अवस्थालाई मध्यनजर गरी आयोगबाट सदस्य सुदीप पाठक र संरक्षण अधिकृत धनिराम सापकोटासहित सुश्री सुसान एभान्स, राजनीतिक विशेषज्ञ, बेलायती दूतावास, महेन्द्रसिंह थापा, व्यवस्थापन निर्देशक, Equator Expeditions गोंगबू, सम्मिलित टोली मिति २०६२/०६/२३ गते विहान ७:३५ बजे कर्णाली एयरलाइन्सबाट उद्धारस्थल रामेछाप जिल्लाको बाम्ती गा.वि.स. अर्न्तर्गत पर्ने भण्डारा देउरालीतर्फप्रस्थान गरी आजै ८:५५ मा विरामीलाई लिई काठमाडौ फर्किएको थियो। विरामी जुलीको हाल सिल्भिया क्लिनिक, लाजिम्पाट (बेलायती दूतावास अगाडि) उपचार भइरहेको छ।

उद्धार गरिएका व्यक्तिहरुको नामावली

१) Ms. Julie गंभीर रूपमा विरामी

२) Claire

३) Dominic

उक्त उद्धार कार्यमा सहयोग पुर्‍याउनुहुने सम्बन्धित सवैलाई आयोग धन्यबाद व्यक्त गर्दछ।

धनिराम सापकोटा
संरक्षण अधिकृत