2005-10-08 - press release - NA२०६२-०६-२२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19851 अभिलेखालय सि. नं.: NCA-19851

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण् कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।

मिति २०६२ आश्विन २० गते रोल्पा जिल्लाको खुँग्री गा.बि.स.-३ इलाकास्थित शाही नेपाली सेनामा कार्यरत जवानको घरमा आतंककारीहरुले बम विष्फोट तथा आगजनी गरी घर ध्वस्त पारेका छन् ।

यही आश्विन १९ गते नुवाकोट जिल्लाको नेपालखोला इलाका निवासी जिम्बु तामाङ्गसंग आतंककारीहरुले बलजफ्ती रकम माग गरेकोमा निज तामाङ्गले माग अनुसारको रकम दिन नसक्ने जनाएपछि आतंककारीहरुले निजको छोरी डल्ली तामाङ्गलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

यसै गरी मिति २०६२ आश्विन १८ गते भालुवाङ्गबाट प्युठानतर्फ आइरहेको बसमा एक व्यापारीले ल्याएको करिब रु.१ लाख १५ हजार रुपैयाँ बराबरको २२ वटा खसीहरुलाई प्युठान जिल्लाको थक्लेनी इलाकामा आइपुग्दा आतंककारीहरुले बसलाई नियन्त्रणमा लिई उक्त खसीहरु लुटेर लगेका छन् ।

ज्यादती गर्ने क्रममा आतंककारीहरुको एक समूहले यही आश्विन १६ गते सोलुखुम्बु जिल्लाको जनता मा.बि.का १ शिक्षक सहित १८ जना बिद्यार्थीहरुलाई तथा यही आश्विन १५ र १६ गते पाँचथर जिल्लाको थर्पु, वयमन र हाङखेप, सादेवा, कालिखोला इलाकामा रहेका सम्पूण विद्यालयका शिक्षकहरुलाई समेत अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

RNA HQ
08 October 2005