2005-10-07 - press release - NA२०६२-०६-२१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19849 अभिलेखालय सि. नं.: NCA-19849

आत्मर्समर्पण

बिगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका निम्न व्यक्तिहरुले आतंककारीहरुले सञ्चालन गरिरहेको हत्या, हिँसा, अपहरण, बलात्कार, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्य एवं आतंककारी गुट भित्र बढ्दै गएको आन्तरिक कलह र मनमुटावबाट आफूहरुमा बितृष्णा पैदा भएको कारण आतंककारी समूह परित्याग गरी स्वतन्त्र जीवनयापन गर्ने प्रतिबद्धताकासाथ आत्मर्समर्पण गरेका छन् ।

गुल्मी जिल्लाको पौदी अमर्राई गा.वि.स.स्थित विभिन्न इलाका निवासी आतंककारी समुहका कथित गा.ज.स.उप-प्रमुख, सचिव एवं सदस्य लगायतका २० जना व्यक्तिहरुले यही आश्विन १९ गते स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेको । स्मरण रहोस यस अघि पनि उक्त इलाकाका ६० जना व्यक्तिहरुले आतंककारी समूह परित्याग गरी सामुहिकरुपमा स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका थिए ।

सल्यान जिल्लाको जुफाल इलाका निवासी प्रेमप्रकाश शाही "हस्तक्षेप" ले यही आश्विन १९ गते तथा हुम्ला जिल्ला रोडीकोट इलाका निवासी रामबहादुर एडी "सक्रिय" उपनाम गरेका व्यक्तिले यही आश्विन १८ गते सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
07 October 2005