2005-10-06 - press release - NA२०६२-०६-२० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19846 अभिलेखालय सि. नं.: NCA-19846

घुम्ति शिविर सञ्चालन

मिति २०६२ आश्विन १७ गते सुरक्षाफौजद्वारा चितवन जिल्लाको शक्तिखोर गा.वि.स.को मिलनबजारमा सञ्चालन गरिएको घुम्ती सेवा शिविरमा ६२५ जनाको स्वास्थ्य परिक्षण गर्नुको साथै औषधि वितरण, २,४९४ वटा चौपायाहरुको उपचार तथा औषधि वितरण, २०० वटा बाख्राहरुलाई भ्याक्सिन, ७६५ जनालाई जिल्ला कृषि विकास कार्यालयबाट तरकारीको बीउ विजन वितरण, २०४ जनालाई गहुँको बीउ वितरण, २५ जनालाई गहुँ बालीको तालिम, २४८ जनालाई जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण, २७६ जनालाई जन्म दर्ता, १२४ जनालाई विवाह दर्ता, ४१ जनालाई मृत्यु दर्ता, १७ जनालाई बर्साई सर्राई दर्ता वितरण गरिएको छ ।

RNA HQ
06 October 2005