2005-10-06 - press release - NA२०६२-०६-२० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19845 अभिलेखालय सि. नं.: NCA-19845

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।

यही मिति २०६२ आश्विन १९ गते खोटाङ्ग जिल्लाको गाईघाटस्थित दुरसञ्चार कार्यालयको लागि लगेको सोलार प्यानल थान-५६, व्याटि् थान-२४ उदयपुर जिल्लाको साउने इलाकाबाट आतंककारीहरुले लुटेर लगेका छन् ।

मिति २०६२ आश्विन १८ गते सशस्त्र आतंककारीहरुले पाँचथर जिल्लाको च्याङ्गथापु, फलैचा, सुभाङ्ग, भारपा लगायतका बिद्यालयहरुबाट १५० जना शिक्षक तथा विद्यार्थीहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

यही आश्विन १८ गते सशस्त्र आतंककारीहरुको एक समूहले काठमाण्डौबाट धनगढीतर्फगइरहेको २ वटा गाडीका चालक, कन्डक्टर एवं खलासीहरुलाई विभिन्न डर त्रास देखाई निजहरुको साथमा रहेको नगद रु. २२ हजार लुटपाट गरेका छन् ।

आतंककारीहरुले यही आश्विन १६ गते ताप्लेजुङ्ग जिल्लाको फुरुम्बु इलाकाबाट १५ जना र्सवसाधारण व्यक्तिहरु तथा सोही दिन तेहृथुम जिल्लाको सिम्ले इलाका निवासी एक महिलालाई अपहरण गरी अज्ञात स्थलतर्फलगेका छन् ।

RNA HQ
06 October 2005