2005-10-05 - press release - NA२०६२-०६-१९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19838 अभिलेखालय सि. नं.: NCA-19838

आत्मर्समर्पण

बिगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका निम्न व्यक्तिहरुले आतंककारीहरुले सञ्चालन गरिरहेको हत्या, हिँसा, अपहरण, बलात्कार, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्य एवं आतंककारी गुट भित्र बढ्दै गएको आन्तरिक कलह र मनमुटावबाट आफूहरुमा बितृष्णा पैदा भएको कारण आतंककारी समूह परित्याग गरी स्वतन्त्र जीवनयापन गर्ने प्रतिबद्धताकासाथ आत्मर्समर्पण गरेका छन् ।

गुल्मी जिल्लाको पौदी अमर्राई गा.वि.स.स्थित विभिन्न इलाका निवासी आतंककारी समुहका कथित गा.ज.स.सचिव एवं सदस्य लगायतका ६० जना व्यक्तिहरुले यही आश्विन १६ गते स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेको ।

गोरखा जिल्ला भच्चेक इलाका निवासी गिरीराज देवकोटा "प्रेम" उपनाम गरेका व्यक्तिले गृनेड, सकेट बम तथा कम्व्याट ड्रेस सहित यही आश्विन १८ गते सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेको ।

दाङ्ग जिल्ला चौलाही इलाका निवासी नरेश मल्ल "हिमाल" उपनाम गरेका व्यक्तिले यही आश्विन १६ गते सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेको ।

RNA HQ
05 October 2005