2005-10-05 - press release - NA२०६२-०६-१९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19837 अभिलेखालय सि. नं.: NCA-19837

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।

मिति २०६२ आश्विन १७ गते सशस्त्र आतंककारीहरुको एक समूहले काठमाण्डौं जिल्लाको धुम्वाराही इलाकास्थित एक व्यक्तिको डेराबाट ६ लाख तथा डल्लु तुलसीधारा निवासी एक व्यक्तिको साथबाट नगद ९० हजार रुपैयाँ लुटेर लगेका छन् ।

आतंककारीहरुको एक समूहले यही आश्विन १५ गते नुवाकोट जिल्लाको वेलकोट इलाकास्थित एक र्सवसाधारणको घरबाट करिब १० हजार रुपैंया लुटेर लगेका छन् ।

RNA HQ
05 October 2005