2005-10-04 - press release - NA२०६२-०६-१८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19833 अभिलेखालय सि. नं.: NCA-19833

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।

हिजो आश्विन १७ गते आतंककारीहरुको एक समुहले रौतहट जिल्लाको समनपुर इलाका निवासी लक्ष्मी यादवलाई समनपुरस्थित विद्यालयको प्राङगणमा लगी गोली प्रहार गरी विभत्स हत्या गरेका छन् । साथै आतंककारीहरुले मृतकको आमालाई समते धारिलो हतियार प्रयोग गरी सख्त घाइते बनाएका छन् ।

सिरहा जिल्लाको वडहरमाला इलाकामा आतंककारीहरुले बेवारिसे अवस्थामा छाडेको बम हिजो आश्विन १७ गते बिष्फोटन हुँदा दाउरा खोज्दै गरेका सोही इलाका निवासी करिदेवी मुखिया र निजको १४ बषीय छोरी अन्जुकुमारी मुखिया घाइते भएका छन् । हाल घाइतेहरुको सिराहा अस्पतालमा उपचार भइरहेको छ ।

यसै गरी आतंककारीहरुले हिजो आश्विन १७ गते दोलखा जिल्लाको जफे इलाकाबाट २ जना र्सवसाधारण व्यक्तिहरुलाई अपहरण गरी अज्ञात स्थलतर्फलगेका छन् ।

आतंककारीहरुको एक समूहले अस्ति आश्विन १६ गते महोत्तरी जिल्लाको हात्तिलेट इलाका निवासी डम्बर न्युसर तामाङ्गलाई ढाडमा गोली प्रहार गरी घाइते बनाएका छन् । हाल निजको धरानस्थित घोपा अस्पतालमा उपचार भइरहेको छ ।

ज्यादति गर्ने क्रममा आतंककारीहरुले जाजरकोट जिल्लाको छिन्चु सल्लीबजार चल्ने प्रत्येक यातायात साधनहरु तथा चौरजहारी रुकुमतर्फसामान ल्याउने र्सवसाधारणहरुबाट समेत जर्वजस्ती रकम असुल्ने गरेका छन् ।

आतंककारीहरुको एक समूहले यही आश्विन १४ गते नुवाकोट जिल्लाको राउतवेशी इलाकास्थित ७ र्सवसाधारण व्यक्तिहरुको घरबाट करिब १ लाख बराबरको धनमाल लुटेर लगेका छन् ।

RNA HQ
04 October 2005