2005-10-03 - press release - NA२०६२-०६-१७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19830 अभिलेखालय सि. नं.: NCA-19830

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।

आतंककारीहरुले उदयपुर जिल्लाको बेलटार बजार इलाकाका र्सवसाधारण व्यक्तिहरुलाई आतंककारी गतिविधिमा संलग्न हुन धम्की दिनुको साथै स्थानीय व्यापारी, उद्योगपति एवं यातायात व्यवसायीहरुलाई कुटपिट गरी जर्वजस्ती रकम असुल्ने गरेका छन् ।

आतंककारीहरुले चितवन जिल्लाको सिद्धि इलाकामा बेवारिसे अवस्थामा छाडेको सकेट बम हिजो आश्विन १६ गते बिष्फोट हुँदा सोही इलाका निवासी १४ बषिर्य बिनोद प्रजा र्घाईते भएका छन् । हाल घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

ज्यादति गर्ने क्रममा आतंककारीहरुले यही आश्विन १५ गते उदयपुर जिल्लाको भुटार, रौता तथा पोखरी इलाकास्थित विभिन्न विद्यालयहरुबाट ५० जना भन्दा बढि शिक्षकहरुलाई अपहरण गरी अज्ञात स्थलतर्फलगेका छन् ।

यही आश्विन १२ गते आतंककारीहरुले बाजुरा जिल्लाको पाण्डुसेन तथा गोत्री इलाकाबाट ३१ जना विद्यार्थीहरुलाई अपहरण गरी अज्ञात स्थलतर्फलगेका छन् ।

RNA HQ
03 October 2005