2005-10-02 - press release - NHRC२०६२-०६-१६ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-19829 अभिलेखालय सि. नं.: NCA-19829

मिति: 2005-10-02
दशैं जस्तो महान चाडलाई ध्यानमा राखी यातायातका साधन प्रयोग गरी यात्रा गर्ने र्सवसाधारणहरूको लागि आबश्यक व्यवस्था , २०६२/०६/११६

मितिः २०६२/०६/१६

राष्ट्रिय मानव अधिकार आयोगले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई एक पत्र पर्ठाई विभिन्न यातायातका साधन प्रयोग गरी यात्रा गर्ने र्सवसाधारणहरूले यात्राका क्रममा सुरक्षा जाँचको क्रममा र राजमार्गको विभिन्न ठाउँमा कर्फ्र्यू लागेका कारणले विभिन्न हैरानी खप्नुपरेको भन्ने आयोगमा गुनासो आइरहेको सर्न्दर्भमा दशैं जस्तो महान चाडसमेतलाई ध्यानमा राखी यात्रुहरुको निर्वाध आवागमनमा अवरोध नपुर्‍याउने गरी आबश्यक व्यवस्था गर्न अनुरोध गरेको छ।

मध्यमाञ्चल बस व्यवसायी संघबाट मिति २०६२/०६/१६ मा " श्री ५ को सरकारले राजमार्गको मुग्लिङ्ग-नारायणगढ-हेटौंडा-पथलैया खण्ड, पश्चिमको दाङ्ग, लमही, नेपालगञ्ज, महेन्द्रनगर खण्डमा राति ८ः०० वजेदेखि विहान ४ः०० वजेसम्म कर्फ्र्यू लाग्ने गरेको, जसको कारणले यात्रुहरू मुग्लिङ्ग, हेटौंडा र पश्चिमका विभिन्न ठाउँमा रातभर रोकिनेहुँदा सो राजमार्गमा यात्रा गर्ने यात्रुहरू रातभर खानबस्नसमेत नपाई कष्टकर यात्रा गर्नुपर्ने भएको, जसको कारणले यात्रुहरूको स्वतन्त्र अधिकारमा हनन हुन गएकोले हिन्दूहरुको महान चाड दशैंमा यात्रुहरुले खचाखच भरिन गएका बसहरुलाई रोकिन नदिई स्वतन्त्र तथा निर्वाधरूपले यात्रा गर्न उल्लिखित ठाउँहरूमा कर्फ्र्यू हटाउन सहयोग गरिदिनुहुन" भनी पठाएको पत्रका सर्न्दर्भमा उक्त अनुरोध गरेको हो।

विमलबाबु खत्री
सञ्चार अधिकृत