2005-10-01 - press release - NA२०६२-०६-१५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19823 अभिलेखालय सि. नं.: NCA-19823

घुम्ति शिविर सञ्चालन

मिति २०६२ आश्विन १२, १३ र १४ गते सुरक्षाफौज तथा स्थानीय प्रशासनद्वारा डडेलधुरा जिल्लाको जोगबुढा इलाकामा सञ्चालन भएको घुम्ति सेवा शिविरमा १६५५ जनालाई निःशुल्क स्वास्थ्य परिक्षण गरी औषधी वितरण, १०० जनालाई नागरिकता वितरण, ४७९ जनालाई नागरिकताको फाराम वितरण, ५४११ चौपायाहरुको औषधोपचार, ४४ वटा विद्यालयहरुलाई खेलकुदका सामग्री, छात्रबृत्ति, शैक्षिक सामाग्री तथा पौष्टिक आहार वितरण, ५०० परिवारलाई विभिन्न बिउबिजन वितरण गरेको ।

यसैगरी यही १३ र १४ गते कैलाली जिल्लाको लम्की इलाकामा सुरक्षाफौज र स्थानीय प्रशासनको सहभागितामा सञ्चालन भएको घुम्ति सेवा शिविरमा १००८ जना विरामीहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण गरी औषधी वितरण, १९२ जनालाई नागरिकता वितरण, ३४२५ जना बालबालिकाहरुलाई छात्रबृत्ति रकम तथा शैक्षिक सामाग्रीहरु बितरण, प्रौढ शिक्षाको निमित्त रु. २ लाख ३० हजार बितरण, १४६९ चौपायहरुको निशुल्क औषधोपचारका साथै अन्य सेवाहरु समेत प्रदान गरिएको थियो ।

मिति २०६२ आश्विन १३ गते र्सलाही जिल्लाको रानीगञ्ज इलाकामा सुरक्षाफौज तथा स्थानीय प्रशासनद्वारा सञ्चालन गरिएको घुम्ति सेवा शिविरमा १४१ जनालाई नागरिकता, ४ जनालाई राहदानी, ७५० जनालाई निःशुल्क स्वास्थ्य परिक्षण गरी औषधी वितरण, २७ वटा विद्यालयहरुका १३५८ छात्र र ६५१ छात्राहरुलाई छात्रबृत्ति, १५२ चौपायाहरुको उपचार, ५५१ जनालाई विभिन्न तरकारीको बिउ विजन वितरण गरिएको छ ।

यसै गरी यही आश्विन १३ गते सुरक्षाफौजले बझाङ्ग जिल्लाको हेमन्तवडास्थित पाण्डु मा.बि.मा अध्यनरत गरिब तथा असहाय छात्रछात्राहरुलाई निःशुल्क पाठ्यपुस्तकहरुका साथै विभिन्न लत्ताकपडाहरु वितरण गरेको छ ।

RNA HQ
01 October 2005