Archive ref no: NCA-19822
उद्धार
तनहुँ जिल्लाको कटहरे इलाकास्थित एक बिद्यालयबाट मिति २०६१ माघ २ गते आतंककारीहरुद्वारा अपहृत सो विद्यालयका शिक्षक कृष्णचन्द्र बास्ताकोटीलाई आतंककारीहरुले सोही जिल्लाको नयाँटार इलाकामा थुनेर राखेको अवस्थामा मिति २०६२ आश्विन ६ गते सुरक्षाफौजले फेला पारी निज शिक्षकलाई अपहरणमुक्त गरी हिजो १४ गते स्थानीय प्रशासन, पत्रकार, मानव अधिकारवादीको रोहवरमा सम्बन्धितको परिवारलाई बुझाएको छ ।
RNA HQ
01 October 2005