2005-09-30 - press release - NHRC२०६२-०६-१४ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-19814 अभिलेखालय सि. नं.: NCA-19814

मिति: 2005-09-30
ने.क.पा. (माओवादी) विरुद्ध यसै साताभित्र मात्रै आयोगमा पाचवटा उजुरीहरू २०६२।०६।१४

ने.क.पा. (माओवादी) ले अपहरण गरेको, चन्दा मागेको, शैक्षिक संस्थाहरू बन्द गर्न धम्की दिएको र घर सम्पत्ति जबरजस्ती कब्जा गर्ने कार्य गरेको भनी यसै साताभित्र मात्रै आयोगमा पाचवटा उजुरीहरू प्राप्त भएका छन।

आयोगमा प्राप्त उजुरीहरू अनुसार ने.क.पा (माओवादी)को समूहले खैरबनी ८ महोत्तरीका शिवजी यादव र सोनपुर ८ दाङ्गका देवबहादुर पौडेललाई यही असोजको पहिलो साता अपहरण गरी वेपत्ता पारेका छन। यसैगरी ठोरी पर्सा प्रकाश खनाललाई विद्यालय बन्द नगरे ज्यान मार्ने धम्की दिएको भनी आयोगमा यसै साता उजुरी प्राप्त भएको छ। यसैगरी स्याउले १ सिन्धुपाल्चोकका सिंहबहादुर लामाको घरको सम्पूर्ण सम्पत्ति कब्जा गरी गत चैतदेखि तालाबन्दी गरिरहेको र ओख्रेनी २ रामेछापका कर्मराज तामाङको घर यही भदौ ३० गते कब्जा गरी सम्पूर्ण धन सम्पत्ति लगेको उजुरीहरू पनि आयोगमा प्राप्त भएका छन।

आयोग ने.क.पा. (माओवादी) लाई अपहरण गरिएका व्यक्तिहरुको विना शर्त सकुसल रिहाई, स्वतन्त्रपूर्वक कुनै व्यवसाय सञ्चालन गरिरहका मानिसको अधिकारमा कुनै किसिमले हस्तक्षेप नगर्न र विस्थापित हुन वाध्य गराइएकालाई आफनो घर फर्की स्वतन्त्रतापूर्वक जीवनयापन गर्न पाउने अधिकारको सम्मान गर्न आग्रह गर्दछ।

केदारप्रसाद पौड्याल
प्रवक्ता