2005-09-30 - press release - NA२०६२-०६-१४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19813 अभिलेखालय सि. नं.: NCA-19813

बन्यजन्तु चोरी शिकारीमा नियन्त्रण

प्राकृतिक सम्पदा तथा दुलभ बन्यजन्तुहरुको संरक्षण र व्यवस्थापनको लागि स्थापित शाही चितवन राष्ट्रिय निकुञ्जमा रहेका संरक्षित बस्तुहरुको चोरी निकासी हुने गरेकोमा शाही चितवन राष्ट्रिय निकुञ्ज र शाही नेपाली सेनाको संयुक्त टोलीले निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा विभिन्न सुरक्षात्मक कारवाही तथा चेतना अभिवृद्धिमा समुदायको परिचालन आदि कार्यहरु समेत संचालन गरेपछि यस्ता गैर कानूनी कृयाकलापहरुमा निकै नै कमी आएको छ ।

निकुन्ज भित्र हुने यस्ता अवैधानिक कृयाकलाप विरुद्ध सफलता प्राप्त गर्ने क्रममा सुरक्षाफौजले विगतमा इम्प्रोभाइज र्राईफल सहित एक जनाका साथै तस्करहरुसँग गैंडाको खाग किनी विश्व बजारमा विक्रि गर्ने एक तिब्वती नागरिकलाई पक्राउ गरेको छ । साथै सुरक्षाफौजको लगातारको निगरानी र प्रभावकारी कार्यको फलस्वरुप गत ३ महिनाको अवधिमा २८ जना गैंडा चोरी शिकारीमा संलग्न तस्करहरु पक्राउ परेका छन् ।

RNA HQ
30 September 2005