2005-09-28 - press release - NA२०६२-०६-१२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19799 अभिलेखालय सि. नं.: NCA-19799

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।

गुल्मी जिल्लाको वाग्ला गा.वि.स.मा रहेका विभिन्न विद्यालयहरुमा अध्ययनरत बिद्यार्थीहरुलाई आतंककारीहरुले प्रत्येक दिन बेलुका जर्वजस्ती भेला गर्राई परेड खेलाउने गरेको, सोही जिल्लाको थाप्ले र अर्खावाङ्ग इलाका निवासी स्थानीय बासिन्दाहरुको घरबाट आतंककारीहरुले बलजफ्ती विभिन्न कपडा तथा भाँडाकुँडाहरु लुटपाट गर्नुको साथै स्थानीय स्तरमा उत्पादन गरेको विभिन्न खाद्यान्नको र्सवसाधारणलाई मर्का पर्ने गरी दरभाउ कायम गर्ने धम्की दिएका छन् ।

निःशस्त्र अवस्थामा आफ्नो घर्रतर्फ गइरहेका शाही नेपाली सेनामा कार्यरत एक जवानलाई प्युठान जिल्लाको ढुङ्गेगडी वडडाँडा इलाकाबाट हिजो आश्विन ११ गते आतंककारीहरुले अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

अस्ति आश्विन १० गते आतंककारीहरुले रुकुम जिल्लाको साँख, चाखावाङ्ग इलाकास्थित बिद्यालयहरुबाट २०० जना भन्दा बढी बिद्यार्थीहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

यही आश्विन ९ गते अछाम जिल्लाको कालागाउँ, चापामाण्डौं, दर्ना सुतार, मालतिकाट, वान्ननतोली, बव्ला, देवीस्थान, मेल्लेख, बाटुलासैन लगायतका इलाकाहरुबाट कक्षा ६ देखि माथिका बिद्यार्थी तथा स्थानीय र्सवसाधारण समेत गरी ७० जना व्यक्तिहरुलाई आतंककारीहरुले अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

यही आश्विन ९ गते आतंककारीहरुले ताप्लेजुङ्ग जिल्लाको थुम्किबा इलाका निवासी २ जना व्यक्तिहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

यही आश्विन ५ गते काठमाण्डौं जिल्लाको ओखरपौवा इलाका निवासी पूव वडाध्यक्ष तेजबहादुर लामा नाम गरेका एक व्यक्तिलाई आतंककारीहरुले निर्मम कुटपिट गरी सख्त घाइते बनाएका छन् ।

यसै गरी आतंककारीहरुले यही आश्विन ७ गते इलाम जिल्लाको फिक्कल बजार इलाकामा रहेको एउटा मिनि ट्रक जलाइ दिएका छन् ।

RNA HQ
28 September 2005