2005-09-27 - press release - NA२०६२-०६-११ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19792 अभिलेखालय सि. नं.: NCA-19792

आतंककारी संगठन भित्र बाल सैन्यको प्रयोग

आतंककारीहरुले बालवालिकाहरुलाई स्वतन्त्र रुपमा हिडडुल गर्न पाउने र पढ्न पाउने अधिकारबाट बन्चित गरी न्युनतम मानविय मूल्य र मान्यताको पनि ख्याल नगरेको कुरा आतंककारी संगठन भित्रको व्यापक बाल सैन्यको प्रयोगबाट प्रष्ट हुन्छ ।

आतंककारीहरुले जवर्जस्ती धम्क्याई आफ्नो कथित संगठनमा प्रवेश गराएका बर्ष१४ को पासाङ्ग शेपाले आतंककारीको अमानविय कृयाकलापबाट वितृष्णा पैदा भई सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरे पश्चात व्यक्त गरेका भनाईबाट आतंककारीहरुको दानविय चरित्रको पराकाष्ठालाई उदांगो पारेको छ ।

निजलाई मिति २०६१ फाल्गुन १ गते घरमा काम गरिरहेको अवस्थामा आतंककारी जत्थाले जवर्जस्ती अपहरण गरी लगे पश्चात करिव ७ महिना छापामारको रुपमा काम गराएकोमा आतंककारीहरुको आपराधिक कृयाकलापका साथै उनिहरुको कथित संगठन भित्र बालबालीकाहरुको शारीरिक र मानसिक शोषण बाट वितृष्णा पैदा भई यही मिति २०६२ साल आश्विन ६ गते ताप्लेजुङ्ग जिल्लास्थित सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
27 September 2005