2005-09-27 - press release - NA२०६२-०६-११ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19790 अभिलेखालय सि. नं.: NCA-19790

आतंककारीद्वारा सुरक्षाफौजका एक जवानको हत्या

आतंककारीहरुले मानविय कानून र मानवअधिकारको पूणातया वेवास्ता गर्दै दैलेख जिल्लामा कार्यरत निःसशस्त्र अवस्थामा रहेका शाही नेपाली सेनाका एक जवानको विदा लिई आफ्नो घर गएको समयमा निर्ममता पूवक हत्या गरेका छन् । निज जवानको शव हिजो मिति २०६२ आश्विन १० गते सुरक्षाफौजको गस्ति टोलीले फेला पारेको छ । आतंककारीहरुले गरेको सो कायरता पूण हत्याको संपूण सुरक्षाफौज घोर भत्र्सना गर्दछ ।

RNA HQ
27 September 2005