2005-09-25 - press release - NA२०६२-०६-०९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19779 अभिलेखालय सि. नं.: NCA-19779

उद्धार

बिगत केही दिनदेखि परेको अविरल वषाको कारण कन्चनपुर जिल्लाको दोधार चाँदनी गा.बि.स. स्थित उदाली र बडैपुर इलाकामा नदी कटानको कारणले विस्थापित भएका करिव १०० घर-परिवारको उद्धार कार्यको लागि राहत सामाग्री सहित आज आश्विन ९ गते सुरक्षाफौज परिचालन गरिएको छ । यसै गरी बैतडी जिल्लाको देहीमाण्डौ गा.बि.स.मा गएको पहिरोमा परी हराइरहेका व्यक्तिहरुको खोजी कार्यको लागि हिजो आश्विन ८ गते परिचालन भएको सुरक्षाफौजले पहिरोमा परी मृत्यु भएका एक जना विद्यार्थीको लाश पहिरोबाट निकाली सम्वन्धितको परिवारलाई बुझाएको छ ।

RNA HQ
25 September 2005