2005-09-25 - press release - NA२०६२-०६-०९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19777 अभिलेखालय सि. नं.: NCA-19777

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।

यही आश्विन ७ गते ओखलढुङ्गा जिल्लाको ४ वटा विद्यालयहरुबाट शिक्षक र विद्यार्थी गरी १०९ जना, सोही दिन ताप्लेजुङ्ग जिल्लाको फाकुम्वा, साँघु, ढुँगेसाँघु, चाँगे, हाङ्गपाङ्ग, फुलवारी, निगुरादिन आदि इलाकाहरुबाट शिक्षक तथा स्थानीय र्सवसाधारण, खोटाङ्ग जिल्लाको बाकाचोल इलाकास्थित एक विद्यालयबाट ५ जना शिक्षकहरु, यही आश्विन ६ गते भोजपुर जिल्लाको दलगाँउ इलाकाबाट २ जना र्सवसाधारण तथा आश्विन ५ गते अछाम जिल्लाको सिउडी, सकोट, मार्कु, पायल, दुनी, लुंग्रा, जाल्फादेवी, रिडीकोट, पोढशा, तिमिल्सेन, नन्देगडा, कालिका लगायतका इलाकाहरुबाट शिक्षक, विद्यार्थी तथा स्थानीय र्सवसाधारण व्यक्तिहरुका साथै यही आश्विन ४ गते पाँचथर जिल्ला विकास समिति सदस्य हर्कजंग जवेगुलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

यही आश्विन ७ गते धनुषा जिल्लाको नक्टाझजि इलाका निवासी साधु महतोको घरबाट नगद ७ हजार तथा निजकी श्रीमती र छोरीले लगाएको सुन तथा चाँदीका गरगहनाहरु तथा यही आश्विन ६ गते रुकुम जिल्लाको खारा इलाका निवासी एक स्थानीय व्यापारीलाई अपहरण गर्नुको साथै निजको पसलमा रहेको नगद एवं जिन्सी सामानहरु तथा निजको ७ वटा खच्चडहरु समेत लुटेर लगेका छन् ।

RNA HQ
25 September 2005