2005-09-23 - press release - NA२०६२-०६-०७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19766 अभिलेखालय सि. नं.: NCA-19766

आत्मर्समर्पण

बिगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका निम्न व्यक्तिहरुले आतंककारीहरुले सञ्चालन गरिरहेको हत्या, हिँसा, बलात्कार, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यबाट आफूहरुमा बितृष्ण पैदा भएको कारण उक्त समूह परित्याग गरी सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

ताप्लेजुङ्ग जिल्लाको पापुङ्ग गा.बि.स. इलाका निवासी आतंककारी समूहका कथित छापामार पासाङ्ग शेपा "उत्सव" र खोटाङ्ग जिल्लाको खार्मी इलाका निवासी भिम बहादुर बराइलीले सकेट बम सहित मिति २०६२ आश्विन ६ गते ।

दैलेख जिल्ला खड्गवडा-२ निवासी कथित वडा जन सरकार प्रमुखहरु दिपक कुमार रावल, ललित बि.क., धन बहादुर बि.क., मान बहादुर रम्तेल, मान बहादुर रावत तथा बाजुरा जिल्लाको बहेली इलाका निवासी कथित गा.ज.स. सदस्य कल्पना रोकाय "शान्तना" र सोही जिल्ला धौलाकाँडा इलाका निवासी कथित एरिया उपाध्यक्ष सरिता धामी "सुजाता" उपनाम गरेका व्यक्तिहरुले मिति २०६२ आश्विन ५ गते ।

RNA HQ
23 September 2005